Deneme Bonusu Veren Siteler
सोमबार, भाद्र २४, २०८१
Monday, September 9, 2024

काठमाडौं – भेनेजुएलामा राष्ट्रपति निर्वाचनको परिणामप्रति असन्तुष्टि व्यक्त गर्दै सडकमा विरोधप्रदर्शन गर्ने मानिसहरू राष्ट्रपति कार्यालयतर्फ अघि बढेपछि सुरक्षाकर्मीहरूले अश्रु ग्यास र रबरका गोली प्रहार गरेका छन् ।

पदासीन राष्ट्रपति निकोलास मादुरो पुनः निर्वाचित भएको घोषणा भएपछि देशको राजधानी काराकासमा हजारौँ मानिसहरू आन्दोलित बनेका छन् । देशको आर्थिक सङ्कटबाट असन्तुष्ट भएका विपक्षी पार्टीहरूले ११ वर्षदेखि सत्तासीन मादुरोलाई हटाउन एड्मुन्डो गोन्सालेसलाई समर्थन गरेका थिए । प्रतिपक्षी दलले मादुरो विजयी भएको घोषणालाई धाँधलीपूर्ण भन्दै ७३.२ प्रतिशत मत पाएर गोन्सालेस विजयी भएको गरेको दाबी गरेको छ ।

चुनावअघि भएका मतसर्वेक्षणहरूमा विपक्षी उम्मेदवार विजयी हुने देखिएको थियो । पश्चिमा र ल्याटिन अमेरिकी देशहरूसहित संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले सबै मतदानकेन्द्रको मतदान विवरण सार्वजनिक गर्न प्रशासनसँग माग गरेका छन् । प्रदर्शन बढ्दै गएपछि राजधानी काराकासमा पानीका फोहरा प्रहार पर्ने साधनहरूसहित ठूलो सङ्ख्यामा सैनिक र प्रहरीहरू परिचालित छन् ।

विवाद किन ?
भेनेजुएलाको राष्ट्रिय निर्वाचन परिषद्का प्रमुखले प्रमुखले राष्ट्रपति मादुरोले ५१ प्रतिशत र उनका विपक्षीले ४४ प्रतिशत मत ल्याएको घोषणा गरे । उक्त निकायका प्रमुखसँग मादुरोको निकट सम्बन्ध भएको ठानिन्छ ।

विपक्षले भने आफ्ना उम्मेदवारले ७० प्रतिशत मत पाएको भन्दै उनी निर्वाचित भएको घोषणा गर्न माग गरेको छ । विपक्षी गठबन्धनले आफूले प्राप्त गरेको मतको विवरणमा गोन्सालेसले राष्ट्रपति मादुरोभन्दा ४० प्रतिशत धेरै मत पाएको दाबी गरेको छ ।

निर्वाचनअघि भएका सर्वेक्षणहरूमा पराजित हुने देखिएका मादुरोले चुनाव जितेको घोषणा गरिएपछि विपक्षी गठबन्धन आन्दोलित बनेको छ । -बीबीसी

तपाईको प्रतिक्रिया