Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – अब सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियन खरिद गर्न अनिवार्य रूपमा नागरिकताको प्रमाणपत्रलगायतका परिचयपत्र पेस गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखाले मंगलबार एक सूचना जारी गर्दै सुनचाँदीका असर्फी, स्मारिका सिक्का र मेडालियनको कम्प्यूटर बिलिङ उपलब्ध गराइने व्यवस्था मिलाइएकोले अनिवार्य परिचयपत्र ल्याउन आग्रह गरेको हो ।

खरिदका लागि नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, चालक अनुमति पत्र, मतदाता परिचयपत्र, राहदानी वा अन्य नेपाली नागरिकताको प्रमाणपत्र नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रमध्ये कुनै एक ल्याउनुपर्ने बताएको छ । विदेशी नागरिकहरूले भने राहदानी पेस गर्नुपर्नेछ।

खासगरी धर्मसंस्कृति र आस्थासँग जोडिएको सुनचाँदीको असर्फी केन्द्रीय बैंकले दसैं तिहारसँगै अन्य विशेष चाडपर्व तथा धार्मिक कार्यक्रमहरूमा उपलब्ध गराउने गर्छ भने कसैको वा कम्पनी संस्थाको विशेष समयमा छापिने स्मारिका सिक्का र मेडालियनहरु समेत राष्ट्र बैंकले उपलब्ध गराउने गर्छ ।

तपाईको प्रतिक्रिया