Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबारको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत सिफारिस गर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार, भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मालाई निरन्तरता दिइएको छ। पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी र पूर्वसचिव चन्द्र घिमिरे पनि राजदूत सिफारिसमा परेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका चीन, रुस र अष्ट्रेलियालगायतका देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ। चीनमा विष्णुपुकार श्रेष्ठ, रुसमा मिलन तुलाधर र अष्ट्रेलियामा कैलाशराज पोखरेल राजदूत थिए र तिनका स्थानमा नयाँ राजदूत सिफारिस भएका छन्।

तपाईको प्रतिक्रिया