Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – मौद्रिक नीति पछिको पहिलो कारोबारको दिन आज आइतबार शेयर बजारमा उछाल आएको छ । दुई पटकसम्म सकारात्मक सर्किट लागेको बजारमा उत्साहको माहोल सिर्जना भएको हो । आज कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नै बजार ४ प्रतिशतले बढेर २० मिनेटको लागि बन्द भयो ।

दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । पछि सम्हालिएको बजार ११३.४२ अङ्कले बढेर २ हजार ६८१ को विन्दुमा कायम भएको छ ।आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ८१ करोमाथिको शेयर कारोबार भएको छ ।

आज १२ उपसूचकमा हरियाली आएको छ । यसदिन वाणिज्य बैंकको ९.८९ प्रतिशत, विकास बैंक समूहको ४.८७ प्रतिशत, फाइनान्स समूहको १.२९ प्रथिशत, होटल तथा पर्यटन समूहको ०.४६ प्रतिशतले शेयर मुल्य बढेको छ । यता, माइक्रोफाइनान्स समूहको शेयर मूल्य मात्र घटेको छ ।

 

तपाईको प्रतिक्रिया