समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री, प्रवक्ता, र केन्द्रीय सदस्य पदबाट हटाइएका मुकुल ढकालले आफूमाथि भएको कारबाही अवैधानिक भएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्। पार्टीको केन्द्रीय समितिको बैठकले २५ असारमा ढकाललाई पदबाट हटाएको थियो।
ढकालले उक्त निर्णय वैधानिक नभएको दाबी गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दिएका हुन्। निवेदनमा ढकालले पार्टीले आफूलाई पदबाट हटाएको औपचारिक पत्र हालसम्म नदिएको उल्लेख गरेका छन्। ढकालले राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ (२), रास्वपाको विधानको व्यवस्था, संविधानको धारा २६९ (४), र राजनीतिक दल सम्बन्धी ऐन अनुसार आफूमाथि भएको कारबाही अवैधानिक भएको दाबी गरेका छन्।
पार्टीले ढकाललाई कारबाहीमा असन्तुष्टि भए ३५ दिनभित्र पुनरावलोकन निवेदन दिनसक्ने निर्णय गरेको छ। तर ढकालले कारबाही विधिसम्मत नभएको भन्दै आफू पदमा बहाल रहेको जिकिर गरेका छन्।