Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिणपूर्वी सर्बियामा एक यात्रुबाहक भ्यान पल्टिँदा ३० जना अफगानी र नेपाली आप्रवासी घाइते भएका सर्बियाको आरटीएस टेलिभिजनले शनिबार जनाएको छ । आरटीएसका अनुसार तीन जना आप्रवासीलाई अस्पतालमा भर्ना गरिएको छ भने बाँकीलाई सामान्य उपचारपछि शरणार्थीको लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ।

आरटीएसले ती आप्रवासी नेपाल र अफगानिस्तानबाट आएका पुरुष भएको बताएको छ। गत शुक्रबार पनि बेला पलाका शहर नजिकैको राजमार्गमा करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो।

सर्बिया युरोपेली संघ (ईयू) तर्फ जाने आप्रवासीहरूले प्रयोग गर्ने बाल्कन मार्गमा रहेको छ। सन् २०२३ मा करिब एक लाख आप्रवासीले यो मार्ग प्रयोग गरेको ईयूको सीमा निगरानी निकाय फ्रन्टेक्सले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया