Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

 

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनको भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा आएको भेलबाढीले त्रिशूली नदीमा खसेको बसको खोजीकार्य आजलाई रोकिएको छ। १५ दिनअघि हराएको बसको खोजी शनिबार मध्याह्नदेखि थालिएको थियो। यसपटक भारतबाट दुइटा चुम्बक ल्याइएको थियो। खोजी गर्ने क्रममा १९ किलोको चुम्बक हराएको र लाइफ ब्वाई ट्युब पनि पानीले बगाएको छ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतीय टोलीले बस पत्ता लगाउन ‘म्याग्नेटिक डिभाइस’ प्रयोग गरेको थियो। सिमलतालदेखि देवघाटसम्म खोज्दा पनि बस फेला परेन। भोलि बिहान भारतीय टोलीले थप खोज्ने/नखोज्ने निर्णय लिनेछ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने कि भोलि बिहान हाम्रोतर्फको टोलीले समेत थप खोजी कार्य सम्बन्धमा निर्णय गर्नेछ। भारतीय टोलीले बिहान अन्तिम प्रतिवेदन दिएर फिर्ता हुने सम्भावना रहेको छ, तर अन्तिम निर्णय भइनसकेको हो।

तपाईको प्रतिक्रिया