Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल कानूनअनुसार खोल्नुपर्ने बताएका छन्। मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले गरेको कार्यक्रममा बोल्दै, उनले एमालेसँगको सात बुँदे सहमति भए पनि विमतिमा प्रश्न उठाउन नछाड्ने बताए।

शर्माले जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानूनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोड्नुपर्ने र भ्रष्टाचारमा संलग्नलाई बचाउन नहुने बताए। उनले सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने र आठौं बुँदामा विमति नछाड्नुपर्ने बताए। एमालेसँग मिलेर काम गर्दा थप जिम्मेवार भएको अनुभूति भएको पनि उनले उल्लेख गरे।

तपाईको प्रतिक्रिया