Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले करिब रु साढे ३१ अर्बको स्मार्टफोन, हेडफोन र मोबाइल चार्जर आयात गरेको छ। भन्सार विभागका अनुसार, स्मार्टफोन आयातमा रु २८ अर्ब ६६ करोड ६२ लाख ३५ हजार बराबर खर्च भएको छ। १८ लाख ३९ हजार ३५ सेट स्मार्टफोन भित्रिएका छन् र रु पाँच अर्ब ३३ करोड ९४ लाख बराबर भन्सार राजस्व उठाइएको छ।

टेलिफोन आयातमा रु एक अर्ब ४२ करोड ९० लाख ८५ हजार बराबरको १७ लाख ५८ हजार ६९० सेट आयात भएको छ। हेडफोन आयातमा रु ६५ करोड ९३ लाख २८ हजार खर्च भएको छ र २९ लाख ९६ हजार २२९ वटा हेडफोन भित्रिएको छ, जसबाट रु २१ करोड ९ लाख २३ हजार राजस्व सङ्कलन भएको छ।

चार्जर आयातमा रु ५० करोड ७१ लाख ६३ हजार बराबरको ४३ लाख ८२ हजार ८३९ वटा चार्जर भित्रिएको छ, जसबाट रु १५ करोड ५७ लाख १० हजार राजस्व सङ्कलन भएको छ। स्मार्टवाच आयातमा रु ३५ करोड ५१ लाख ४८ हजार बराबरको दुई लाख ३९ हजार ६६९ वटा भित्रिएको छ।

तपाईको प्रतिक्रिया