Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको हत्या गर्ने उद्देश्यले भएको आक्रमणमा सुरक्षा प्रणाली विफल भएको आरोप लागेपछि अमेरिकी विशेष सुरक्षा निकाय सीक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चीटलले राजीनामा दिएकी छन् । ‘तपाईँको निर्देशकको हैसियतले म सुरक्षा त्रुटिको लागि सम्पूर्ण जिम्मेवारी लिन्छु,’ उनले मङ्गलवार राति दिएको राजीनामामा सीक्रेट सर्भिसका कर्मचारीहरूलाई सम्बोधन गर्दै भनेकी छन् ।

घटनाका बारेमा सोमवार संसदीय समितिमा लामो सुनुवाइपछि डेमोक्र्याट र रिपब्लिकन पार्टीका सांसदले उनको राजीनामा माग गरेका थिए । पेन्सिल्भेनिआको बट्लरमा आयोजित चुनावी र्‍यालीमा सहभागी ट्रम्पमाथि जुलाई १३ मा भएको गोली प्रहारको घटनाबारे प्रश्नहरूको उत्तर दिन अस्वीकार गरेपछि सांसदहरू उनीसँग निराश भएका थिए ।

राजीनामामा के छ
सीक्रेट सर्भिसकी निर्देशक चीटलले आफूले भारी मन बनाएर राजीनामा दिएको उल्लेख गरेकी छन् । मङ्गलवार राति दिएको राजीनामामा आफूले निकायको आवश्यकतालाई सधैँ पहिलो प्राथमिकता दिएको चीटलले उल्लेख गरेकी छन् । ‘अघिल्लो साताको सुरक्षा व्यवस्था निकै कडा थियो र हाम्रो सञ्चालन गति बढाउन सक्ने हो भने त्यो जारी रहन्छ,’ उनले भनेकी छन् । ‘मेरो राजीनामा माग भएका कारण महत्त्वपूर्ण लक्ष्यका साथ तपाईँहरू प्रत्येकले गरिरहेको राम्रो कामबाट ध्यान अन्यत्र नमोडिओस् भन्ने म चाहन्छु।’

राष्ट्रपति जो बाइडनले एक विज्ञप्तिमार्फत् उनको एक दशक लामो सार्वजनिक सेवाका लागि आभार व्यक्त गरेका छन् । ‘जुलाई १३ मा भएको के हो भन्नेबारे स्वतन्त्र समीक्षाको काम जारी नै रहन्छ र म त्यसको निष्कर्षका लागि सहयोग गर्न आग्रह पनि गर्छु। हामी सबैलाई थाहा छ त्यो दिन जे भयो त्यो अब कहिल्यै दोहोरिने छैन,’ बाइडनले भनेका छन् ।

छिट्टै नयाँ निर्देशक
अमेरिकी राष्ट्रपति जो बाइडनले सीक्रेट सर्भिसको नयाँ निर्देशक छिट्टै नियुक्त गर्ने बताएका छन् । तत्कालका लागि गृहमन्त्री आलेहान्द्रो मायोर्कासले रोनल्ड रोलाई कार्यवाहक निर्देशक नियुक्त गरेका छन् ।

सीक्रेट सर्भिसमा विगत २४ वर्षदेखि कार्यरत रोनल्ड रो सन् २०२३ मा उपनिर्देशक भएका थिए । राष्ट्रपति बाइडनले सन् २०२२ मा चीटललाई सीक्रेट सर्भिसको प्रमुख नियुक्त गरेका थिए । उनले उक्त निकायका लागि विभिन्न भूमिकामा २७ वर्ष काम गरेकी छन् । अमेरिकी सीक्रेट सर्भिसले वर्तमान र पूर्व राष्ट्रपति सहित अन्य अधिकारीहरूको सुरक्षा हेर्ने गरेको छ । बीबीसी

तपाईको प्रतिक्रिया