Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ६१ पैसा र बिक्री दर १३४ रुपैयाँ २१ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ १९ पैसा र बिक्री दर १४५ रुपैयाँ ८४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १७२ रुपैयाँ ४८ पैसा र बिक्री दर १७३ रुपैयाँ २५ पैसा पुगेको छ ।अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६४ पैसा र बिक्री दर ३६ रुपैयाँ ८० पैसा रहेको छ । जापानी येन दशको खरिद दर ८ रुपैयाँ ५६ पैसा र बिक्री दर ८ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया