समाचार सुन्नुहोस :
काठमाडौँ – चीन र बेल्जियमका वैज्ञानिकहरूको नयाँ अध्ययनले बुध ग्रहको सतहमा करिब १४ किलोमिटर बाक्लो हिराको तह बनेको हुनसक्ने दाबी गरेको छ। नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित यो अध्ययनले कार्बन–स्याचुरेटेड म्याग्मा महासागरमा क्रिस्टलाइजेशन भएर हिरा बनेको र ग्रह चिसिएपछि हिरा ग्रेफाइटमा परिणत भएको बताएको छ।
वैज्ञानिकहरूले उच्च दबाब, तापक्रम, र थर्मोडायनामिक मोडेलिङ प्रयोग गरी बुधको भित्री अवस्था पुनः सिर्जना गरेका थिए। नासाको मेसेन्जर अन्तरिक्ष यानले बुधको परिक्रमा गर्दा संकलित डाटाले ग्रहको भूविज्ञान, चुम्बकीय क्षेत्र, र रासायनिक संरचनामा प्रचुर मात्रामा कार्बन रहेको पुष्टि गरेको थियो।
प्रकाशित मिति: मंगलबार, साउन ०८, २०८१
प्रकाशित समय: २२:०६:५०