समाचार सुन्नुहोस :
काठमाडौँ – वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा (तामाङ) नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार साँझ नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री नियुक्त गर्दै शर्माले लामालाई नियुक्ति पत्र हस्तान्तरण गरे र कार्यकालको सफलताको शुभकामना व्यक्त गरे।
माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि वाग्मतीमा कांग्रेस-एमालेको सरकार गठन भएको हो। मंगलबार बिहान कांग्रेस र एमालेका ६४ सांसदको हस्ताक्षरसहित लामाले मुख्यमन्त्रीको दाबी पेस गरेका थिए। प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री दाबीका लागि आज साँझ ५ बजेसम्मको समयसीमा तोकेका थिए।
प्रकाशित मिति: मंगलबार, साउन ०८, २०८१
प्रकाशित समय: २०:३५:२०