काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबारे मुख खोलेका छन् । उनले सोमबार सामाजिक सञ्जालमार्फत रास्वपा सभापति लामिछानेबारे स्टन्टको राजनीतिबाहेक अरु केही नभएको आरोप लगाएका हुन् ।
सांसद चौधरीले सभापति लामिछानेलाई कटाक्ष गर्दै विवादित विगत र वर्तमान भएको र अहिले पनि राज्यको छानबिनको घेरामा रहेको व्यक्तिले जसरी हिजो संसदजस्तो गरिमामय थलोमा कुण्ठा पोखे त्यो स्टन्टको राजनीतिबाहेक अरु केही नभएको आरोप लगाएका हुन् ।