काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीपीडितको समस्या समाधान गरिने बताएका छन् । उनले सहकारी ठगीमा संलग्न जो सुकैलाई पनि कारबाही गरिछाड्ने दाबी गरेको हुन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अख्तियार दुरुपयोगको छानबिन हुने भन्दै सुशासन स्थापनाका लागि स्टन्ड नगर्ने जानकारी दिए । ‘दुनियाँको अघि सुनिए गरी भन्दैछु भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार सहदैनौँ कसैलाई भ्रष्टाचार गर्न दिन्नौँ । यस्तो विषयको छानबिन अनुसन्धान गर्छौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा ढुक्क भए हुन्छ । भ्रष्टाचारीलाई एकदिन कानुनको कठघरामा पुग्ने छ भन्ने भाष्य समाजमा निर्माण गर्नेछौँ ।’
उनले सहकारीपीडितको समस्या समाधान गर्ने भन्दै थपे, ‘सहकारीपीडितलाई उचित निर्णय लिन्छौँ, जो सुकै भए पनि सहकारी ठगलाई कानुनी कारबाही गर्नेछौँ । सुशासनको लागि स्टन्ट हैन सही इन्टेन्सन चाहिन्छ ।’
उनले आफूलाई अग्लो देखाउने नाममा अरुलाई नहोच्याउने बताए । ‘आफू गोरो देखिन अरुको अनुहारमा हिलो छ्याप्दैनौँ,’ प्रधानमन्त्री ओलीले भने ।