Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – एक अमेरिकी महिला ४३ वर्ष जेल बसेपछि निर्दोष साबित भएकी छन् । आफूले गर्दै नगरेको हत्या अभियोगमा ४३ वर्षसम्म जेल जीवन बिताएकी ‘सान्द्रा हेम्मे’ अदालतले फैसला उल्टिएपछि जेलबाट छुटेकी हुन् ।

उनी २० वर्षको हुँदा पुस्तकालयकी कामदार सेन्ट जोसेफ मिसौरीकी प्याट्रिसिया जेस्केको हत्या गरेको अभियोगमा सन् १९८० मा जन्मकैदको फैसला सुनाइएको थियो । उनी उक्त घटनामा संलग्न भएको प्रमाण नभए पनि एउटा साइकियाट्रिक अस्पतालमा बेहोस बनाउने औषधि खुवाएर अभियोग स्वीकार गर्न लगाइएको पाइएको छ ।

बीबीसीले उल्लेख गरेअनुसार ६४ वर्षीया उनी गलत विश्वासका कारण सबैभन्दा लामो समय जेलमा बिताउन बाध्य पारिएकी अमेरिकी इतिहासमै पहिलो महिला भएको उनका प्रतिनिधिले बताएका छन् । उनको कानुनी टोली इनोसेन्स प्रोजेक्टले हेम्मे आफ्नो परिवारसँग पुनः एकीकृत हुन पाएकामा आभार व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया