Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १९, २०८१
Monday, November 4, 2024

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरू छोड्न सफल हुनुभएको बताएका छन् ।

आइतबार बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बिपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्‍याउन महत्त्वपूर्ण योगदान रहेको बताए ।

उनले भने, ‘राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा बिपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरू छोड्न एकदमै सफल व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाइमा पुर्‍याउनुभएको छ । राजनीतिलाई पनि झन् धेरै उचाइमा पुर्‍याउनुभएको छ उहाँले । तर, आज बिपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन ।’

दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरू रहे पनि बिपी कोइरालाले खोजेको व्यवस्था र प्रणाली अहिले पनि आफू सहमत रहेको ओलीको भनाइ छ । त्यस्तै उनले बिपी कोइरालाले दूरदर्शी तथा परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उनीबाट पाठ सिक्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया