Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – पाँचजना व्यक्तिलाई अमेरिका लैजाने प्रयास गरेपछि विवादमा तानिएकी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले पदीय गरिमामा आँच आउने काम नगरेको स्पष्टीकरण दिएकी छन् । सञ्चारमाध्यममा तथ्यहीन समाचार प्रकाशन भएको दाबी गर्दै उपसभामुख रानाले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूले पदीय गरिमामा आँच आउने कुनै काम नगरेको दाबी गरेकी हुन् ।

उनले गत वर्ष अमेरिकामा आयोजित ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औँ सत्रमा भाग लिन जानेक्रममा एक महिलासहित पाँच जनालाई अमेरिका लैजाने प्रयास गरेकी थिइन् । उनले ती पाँच जनाको अन्तर्वार्ताको समय अघि सारिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेको तथ्य बाहिरिएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै त्यसबारेमा स्पष्ट पारेकी हुन् ।

उपसभामुख रानाले विज्ञप्तिमा आफूसहित अन्य सहभागीलाई आएको निमन्त्रणा स्वीकार गरी अमेरिका जानेक्रममा यात्रा गर्नुपर्ने समयावधि अन्य ठाउँ छोटो रहेको तर दूतावासमा अन्तर्वार्ताको मिति लिन लामो समय कुर्नुपर्ने अवस्था रहेकाले आफूसँगै उक्त कार्यक्रममा सहभागी हुन जान निमन्त्रणा आएका व्यक्ति आफ्ना लागि समेत सहयोगी भइदिने हुनाले दूतावासलाई आग्रह गरेको उल्लेख गरेकी छन् ।‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेड वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिनेहरु मेरो स्वभावसँग जानकारै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन’ उपसभामुख रानाले भनेकी छन्,’आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभइ म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु ।’

 

तपाईको प्रतिक्रिया