Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – अधिवक्ता नानी थापा भन्ने लक्ष्मी थापाले दोहोरो सुविधा लिएको आरोपमा अख्तियारमा उजुरी परेको छ । साउन १ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरकर्ताले उजुरी दर्ता गराएका हुन् ।

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-६ घर भएकी नानी थापाले सिन्धुपाल्चोक जिल्ला अदालत र काठमाडौँ जिल्ला अदालतबाट दोहोरो सुविधा लिएको आरोप छ । प्रमाणपत्र नम्बर-१६८५१ बाहक थापा सिन्धुपाल्चोक जिल्ला अदालतको वैतनिक वकिल हुन् । रा.प तृतीय शाखा अधिकृत सरहको तलब सुविधा लिने गरी उनी त्यहाँ २०७९ चैत २५ मा नियुक्त भएकी थिइन् । काठमाडौँ जिल्ला अदालतमा पनि उनले बाल मनोविज्ञ नियुक्त भएर काम गरेको र तलब, भत्ता बुझेको भेटिएको छ ।काठमाडौँ जिल्ला अदालतमा २६ वटा मुद्दामा प्रतिवेदन दिएर उनले रकम लिएको जिकिर गर्दै उजुरकर्ताले दोहोरो सुविधा लिएको घटनामा छानबिन र अनुसन्धान गर्न माग गरेका छन् । अख्तियारमा सि-०००१९४ नम्बरमा उजुरी दर्ता भएको छ ।

तर अधिवक्ता थापाले भने सिन्धुपाल्चोक जिल्ला अदालतमा आफ्नो सम्झौता सकिसकेको बताइन् । थापाले भनिन्, ‘सिन्धुपाल्चोकमा सम्झौता सकिएको छ, काठमाडौंमा मनोविज्ञ हुँ तर, त्यो मेरो नियमित जब होइन ।’

तपाईको प्रतिक्रिया