Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

काठमाडौं – कांग्रेस गठबन्धनका बेला पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई टिकाउन प्रयोग भएको समाजवादी मोर्चा ब्युँताउने तयारी भएको छ । प्रचण्ड सरकारबाट बहिर्गमन भएपछि विपक्षी वाम दलहरुको साझा थलोको रुपमा मोर्चा ब्युँताउने तयारी भएको हो ।

कांग्रेस, एमाले गठबन्धन सरकारविरुद्ध संसद र सडकमा उभिने गरी प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मोर्चालाई सक्रिय गराउने तयारी थालेका छन् । कांग्रेस-एमाले गठबन्धन बनेपछि माओवादी र एकीकृत समाजवादी विपक्षी दलको हैसियतमा रहनेछन् । त्यसपछि मोर्चाले कांगेस एमाले सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्ने नेताहरुको दाबी छ ।

पहिलो र दोस्रो ठूलो दल कांग्रेस र एमालेसहित करिब दुई तिहाइ गठबन्धन नजिक रहेको बलियो सरकारविरुद्ध मोर्चाबन्दी गर्ने प्रचण्ड र नेपालको तयारी छ । कांग्रेसलाई दबाबमा राख्न, प्रचण्ड सरकार बलियो बनाउन, माओवादी केन्द्र, एकीकृत समाजवादी, तत्कालीन जनता समाजवादी नेपाल र संसद बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा बनेको थियो ।

नेकपा महासचिव एवं समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द (विप्लव) ले माओवादी, एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि मोर्चाको गतिविधि तीब्र हुने बताए । ‘केही समय यता नेपाली राजनीतिमा उतारचढाव आयो । समाजवादी मोर्चा त्यति सक्रिय भएन’ उनले भने, ‘प्रमुख दल सरकारबाट बाहिरिएपछि मोर्चाको गतिविधिलाई तीव्रता दिन्छौं ।’

माओवादी र एकीकृत समाजवादी सरकारबाट बाहिरिएपछि समाजवादी मोर्चा स्वतः सक्रिय हुने माओवादी महासचिव देव गुरुङले बताए । उनकाअनुसार राजनीतिक, वैचारिक र समाजवादी आन्दोलनको रुपमा मोर्चाका गतिविधि केन्द्रित हुनेछन् । ‘यो अब आन्दोलनका रुपमा अघि बढ्छ,’ उनले भने, ‘नेपालमा वाम र समाजवादीबीच ध्रुवीकरण आवश्यक भइसकेको छ । आर्थिक समृद्धिका लागि समाजवादी क्रान्ति अघि बढाउन पनि यस्तो शक्ति चाहिन्छ ।’बनायो कार्यदल
मंगलबार एकीकृत समाजवादीको पार्टी कार्यालय, आलोकनगरमा बसेको बैठकले मोर्चाले कांग्रेस र एमाले मिलेर सरकार बनाउनुलाई देशलाई पश्चगमनतिर फर्काउने प्रयास भएको निष्कर्ष निकालेको छ ।

समाजवादी मोर्चाको विगतको समीक्षा गर्न र आगामी योजना-कार्यक्रम बनाउन कार्यदल बनाएको छ । १५ दिनको समय दिइएको कार्यदलमा खड्गबहादुर विश्वकर्मा, प्रवेश हमाल, देव गुरुङ, गंगानारायण श्रेष्ठ छन् ।

नेकपा विप्लव समूहका नेता खड्गबहादुर विश्वकर्माका अनुसार बैठकमा महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई मोर्चामा आवद्ध बनाउने निर्णय गरेको छ । साथै उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाललाई मोर्चामा ल्याउन पहल गर्ने निर्णयसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया