शनिबार, आषाढ २२, २०८१
Saturday, July 6, 2024

काठमाडौं – बलात्कार मुद्दामा पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बुधबार न्यायाधीश शिशिरराज ढकालको इजलासले शिवाकोटीलाई थुनामा पठाउने आदेश दिएको प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीमाथि आफ्नै घरमा काम गर्न राखेकी १४ वर्षीय बालिका बलात्कारको आरोप छ ।

शिवाकोटी २४ जेठमा पक्राउ परेका थिए । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया