शनिबार, आषाढ २२, २०८१
Saturday, July 6, 2024

काठमाडौं – एमालेले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार बसेको सचिवालय बैठकले २४ घण्टाभित्र राजीनामा दिन आग्रह गरेको एमालेले बुधबार समर्थन फिर्ता लिएको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले एमाले सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री दाहालसमक्ष राजीनामा पत्र बुझाउने जानकारी दिए । ‘राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भएको सहमतिअनुसार त्यसका लागि मार्गप्रशस्त गर्न एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्रीलाई भेटेर आजै जानकारी गराउनुहुनेछ,’ प्रमुख सचेतक बर्तौलाले भने ।

मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न २४ घण्टाको समय दिएको थियो । एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठसहित ८ जना मन्त्रिपरिषद्‌मा सहभागी छन् ।

तपाईको प्रतिक्रिया