शनिबार, आषाढ २२, २०८१
Saturday, July 6, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त डा. सुमित्रा अमात्यको घरको डोजर चलाइएको छ । ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै उनको घरको पर्खाल भत्काएको हो ।

घर रहेको जग्गा १५ आना ३ पैसा रहेको र यो अमात्य दम्पतीले २०७८ असोज १ गते किनेको अभिलेखबाट देखिएको छ । तर स्थानीय बासिन्दाले मन्दिरको जग्गा मिचेको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दिनुका साथै अतिक्रमण हटाउन माग गर्दै आएका थिए ।

गुठीयार, आयुक्तको परिवार र महानगरबीच पटक-पटक छलफल गरेर जग्गा खाली गराउन आग्रह गरिएको भए पनि अटेरी गरेपछि डोजर चलाउनुपरेको महानगरले जनाएको छ । ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले गुठीको जग्गा भएको र गुठीयारले पटक–पटक अनुरोध गर्दा पनि नमानेपछि भत्काउनु परेको बताएका छन् ।

तपाईको प्रतिक्रिया