शनिबार, आषाढ २२, २०८१
Saturday, July 6, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठकमा पेस गर्न नपाएको प्रस्ताव सार्वजनिक गरेका छन् । बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको बैठकमा पार्टी सभापति रवि लामिछानेले महामन्त्रीका रूपमा ढकाललाई बैठकका एजेण्डासमेत पेश गर्नबाट बञ्चित गरेपछि उनले मिडियामार्फत सार्वजनिक गरेका हुन् ।

ढकालले ३८ जिल्ला पुगेर तयार पारेको पार्टीको स्थितिबारेको समीक्षा प्रतिवेदनमा पार्टी सही ढंगले अघि बढ्न नसकेको र यही स्थितिमा अघि बढे आउँदो चुनावसम्म दुई तीन सिटमा सीमित हुने उल्लेख गरेका छन् । महामन्त्री ढकालले पार्टीमा लामिछानेको कार्यशैली र उनीमाथि लागेका आरोपका कारण पार्टीले क्षति व्यहोरी रहेको उल्लेख गरेका छन् । प्रस्तावसमेत पेश गर्न नदिएपछि ढकालले बैठकमै मुखमा कालोपट्टी लगाएर विरोध जनाएका छन् ।

पूर्णपाठ :- 

तपाईको प्रतिक्रिया