शनिबार, आषाढ २२, २०८१
Saturday, July 6, 2024

समाचार सुन्नुहोस :

काठमाडौँ – वर्ष २०८० मा एक लाख १४ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार, २०८० वैशाख १ गतेदेखि ०८० चैत ३० सम्म एक लाख १४ हजार ४२२ जनाले एनओसी लिएका छन्।

विद्यार्थीहरूबीच जापान सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ, जहाँ ३४ हजार ५८ जनाले जापानिज भाषा अध्ययनका लागि एनओसी लिएका छन्। दोस्रो स्थानमा क्यानडा छ, जहाँ २१ हजार ३०९ विद्यार्थीले एनओसी प्राप्त गरेका छन्। तेस्रो स्थानमा अष्ट्रेलिया छ, जसका लागि १८ हजार ७७९ एनओसी जारी भएको छ।

युकेका लागि १२ हजार २८२, अमेरिकाका लागि ८ हजार २५०, कोरियाका लागि ४ हजार ८८७, भारतका लागि २ हजार ३७२, र यूएईका लागि २ हजार ३१३ एनओसी जारी भएका छन्। अन्य मुलुकका लागि एनओसी लिनेहरूको संख्या दुई हजारभन्दा कम छ।विषयगत रूपमा सबैभन्दा धेरै ३३ हजार १६१ एनओसी जापानिज भाषा अध्ययनका लागि जारी भएको छ। म्यानेज्मेन्टका लागि २८ हजार ६९१, बिजनेसका लागि ११ हजार ३१५, र आईटीका लागि ६ हजार ८०३ एनओसी जारी भएका छन्।

साइन्सका लागि ४ हजार ८७१, हेल्थका लागि ४ हजार ७५४, इन्जिनियरिङका लागि ४ हजार २७२, कम्प्युटर साइन्सका लागि ४ हजार २८३, साइन्स एण्ड टेक्नोलोजीका लागि ४ हजार १५८, हस्पिटालिटीका लागि ३ हजार १६, र आट्र्सका लागि एक हजार ९८० एनओसी जारी भएका छन्। अन्य विषयहरूका लागि एनओसी लिनेहरूको संख्या एक हजारभन्दा कम छ।

तपाईको प्रतिक्रिया