शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेले आजै सरकार छोड्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तुरुन्तै राजीनामा नदिने घोषणा गरेपछि एमालेले यस्तो कदम उठाएको हो।

यसअघि मंगलबारको सचिवालय बैठकमा एमालेले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो। कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने सहमति भएपछि एमालेले प्रधानमन्त्रीलाई आजसम्मको समय दिएको थियो। आज एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन्।

 

 

तपाईको प्रतिक्रिया