शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नयाँ सरकार गठनका लागि बाटो खोल्न अनुरोध गरेको छ।बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सम्पन्न भएको बैठकले नेपाली कांग्रेस र नेकपा एमालेबीचको समझदारीलाई अनुमोदन गर्दै उक्त निर्णय गरेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा एमालेजस्ता ठूला दलहरूले सँगै सरकार बनाउने निर्णय गरेपछि, प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नु उपयुक्त हुन्छ। यो हाम्रो निर्णयमा आएको छ। अन्य दलहरूको पनि समर्थन घोषणा भइरहेको छ।” बैठकमा दुई दलका बीच भएको सहमतिलाई अनुमोदन गर्दै, पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले र दोस्रो पटक पार्टी सभापति शेरबहादुर देउवाले दोस्रो निर्वाचनसम्म नेतृत्व गर्ने सहमति भएको कुरा पनि उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार निर्माणका लागि भएको सहमति स्वागतयोग्य छ। पार्टी सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको सहमतिमा सुशासन, समृद्धि, र राष्ट्रिय सहमतिको मुद्दामा सबै दललाई जोड्ने सहमति छ। सुरुमा नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो निर्वाचन सम्पन्न नभएसम्म पार्टी सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने भन्ने सहमतिलाई केन्द्रीय कार्यसम्पादन समितिले अनुमोदन गरेको छ।”

 

 

तपाईको प्रतिक्रिया