शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

काठमाडौं – नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक नयाँ सरकारका विषयमा नेकपा एमालेसँग भएको सहमतिको स्वागत गरेको छ । भर्खरै सम्पन्न बैठकले एमालेसँग सत्ता सहकार्यको समझदारी अनुमोदन गरेको हो ।

सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले बताए । ‘सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ ।’

तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्ने गर्छ । प्रवक्ता डा. उनले भने, ‘सरकार सुरूमा ओलीजीको नेतृत्वमा बन्छ । दोस्रो कार्यकालमा हाम्रो पार्टी सभापति बन्नुहुन्छ । समझदारीको मुल विषय यही हो ।’

तपाईको प्रतिक्रिया