आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सरकारले माघ १ गतेदेखि घरजग्गा खरिद बिक्रीमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै राष्ट्रिय परिचयपत्रलाई सबै निकायमा लागू गर्ने उद्देश्यले यो निर्णय गरेको हो। सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, अब घरजग्गा किनबेचमा नागरिकताको सट्टा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्नेछ।

बैंकिङ तथा वित्तीय सेवा, सामाजिक सुरक्षा कोष, र अन्य सेवाहरूमा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। आगामी साउन १ देखि विभिन्न सेवाहरूमा र माघ १ देखि सिमकार्ड लिन पनि राष्ट्रिय परिचयपत्र अनिवार्य पेस गर्नुपर्नेछ। सरकारी र निजी सेवाहरूमा नागरिकता प्रमाणपत्रको सट्टा राष्ट्रिय परिचयपत्र वा नम्बर अनिवार्य गरिनेछ।

तपाईको प्रतिक्रिया