आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – यस वर्षकाे एसइई परीक्षामा मनाङ जिल्लाभरबाट सातजना मात्रै उत्तीर्ण भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई मनाङका अनुसार, कुल ३९ परीक्षार्थीमध्ये ३२ जना अनुत्तीर्ण भएका छन्। सातजनामध्ये, सदरमुकाम चामेमा रहेको लोकप्रिय माविबाट १७ जनाले परीक्षा दिएका थिए, जसमा ४ जना मात्र उत्तीर्ण भए।

लोकप्रिय माविबाट सबैभन्दा बढी जिपिए ३.३९ ल्याउने जयराम थापा रहेका छन्। खुलाबाट परीक्षा दिएका तीनजना सबै अनुत्तीर्ण भएका छन्। तल्लो मनाङको नासों गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट १९ जनाले परीक्षा दिएका थिए, जसमध्ये तीनजना मात्र उत्तीर्ण भए।

माथिल्लो मनाङको अन्नपूर्ण माविबाट १ जनाले परीक्षा दिएकोमा उनी अनुत्तीर्ण भए।

 

 

तपाईको प्रतिक्रिया