आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतको आदेशपछि गण्डकी प्रदेशसभा पुगेका सांसद फणीन्द्र देवकोटालाई प्रवेश गर्न रोक लगाइएको छ। बिहीबार प्रदेशसभा पुगेका देवकोटालाई मर्यादा पालकले रोके।

रोक लगाइएको जानकारी पाएपछि बाहिरै रहेका देवकोटाले भने, “अदालतले आदेश दिएकाले म प्रदेशसभामा आएको हुँ। के कारणले रोकिएको हो थाहा भएन। म अहिले बाहिर छु।”

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो।देवकोटाले आफू नेपाल समाजवादी पार्टीमा रहेको भन्दै माओवादीको कारबाहीको विरुद्ध सर्वोच्च अदालतमा पुगेका थिए। सर्वोच्च अदालतले सोमबार उनको पक्षमा अन्तरिम आदेश दिएको थियो।

तपाईको प्रतिक्रिया