आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रतिनिधिसभा सदस्यहरूले बाढी, पहिरो, र चट्याङबाट प्रभावित परिवारहरूलाई राहत, उद्धार, र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। बिहीबारको बैठकमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराउँदै यस्तो माग गरेका हुन्।

सांसद ईश्वरीदेवी न्यौपानेले कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु र अन्यको घाइते भएको जानकारी गराइन्। सांसद मानवीर राईले असार ११ र १२ गते सोलुखुम्बुमा अविरल बर्षाले बाटो, पुल, र घरमा क्षति पुर्याएको बताए। माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङको विराटनगर जलमग्न भएको र सरकारको ध्यानाकर्षण गराए। स्वतन्त्र सांसद अम्रेशकुमार सिंहले सर्लाहीमा विद्युत् प्राधिकरणको लापरबाहीले ३१ वर्षीय अविनाश मिश्रको मृत्यु भएको बताए।

सांसद रामहरि खतिवडाले ओखलढुङ्गामा पहिरोले देवकुमारी खत्रीको मृत्यु र तीन जना घाइते भएको बताए। सांसद मनबहादुर गुरुङले कास्कीको पोखरामा पहिरोले घर पुर्दा र चट्याङ लागेर २ जनाको मृत्यु भएको र सडक अवरुद्ध भएको जानकारी दिए। पोखरा विमानस्थलसमेत प्रभावित भएको बताए। सांसद उर्मिला माझीले लमजुङमा बाढी, पहिरो, र चट्याङबाट ६ जनाको मृत्यु भएको जानकारी गराइन्।

तपाईको प्रतिक्रिया