Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले पार्टी महामन्त्री मुकुल ढकालको प्रतिवेदनमा समेटिएका धेरै कुरामा आफ्नो पनि सहमति रहेको बताएका छन् । महामन्त्रीले आफ्नो ३९ जिल्ला भ्रमणको प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएसँगै राजनीतिक वृत्तमा तरङ्ग छाएको थियो ।

सो विषयमा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै केन्द्रीय सदस्य कार्कीले महामन्त्री ढकाललाई आफ्नो कित्तामा आएकोमा स्वागत गरेका छन् । साथै उनले पार्टी यो अवस्थामा आउनुमा ढकाल स्वयंको पनि जिम्मेवारी रहेको उनले बताएका छन् ।उन

ले लेखेका छन्, ‘पार्टीको विधि, चरित्र र बाटोको बारेमा मैले उठाइरहेको विषयमा आइपुग्नु भएकोमा स्वागत छ । सँगसँगै प्रश्न छन्, यो अवस्थामा पुग्यो कसरी ? पार्टीले आफ्नो चरित्र बिर्सिन उहाँ स्वयम् को योगदान कति रह्यो ? संगठन अस्थिर र जथाभाबी कसले बनायो ? आफ्नालाई अवसर दिन विधि मिचि मिचि पार्टी कार्यालयमा नै आन्दोलन समेत गर्न उक्सायो कसले ? एउटा सांसद पदका लागि विधि र चरित्रमा अतिक्रमण गर्न सुरु कसले गरायो ? यी र यस्ता धेरै प्रश्नको सही जवाफ अब खोज्न ढिलो गर्न हुन्न ।’

साथै उनले प्रश्न गर्दैमा, आलोचना गर्दैमा रास्वपामा पददेखि घोक्र्याइँदैन भन्ने सबुत प्रमाण आफैँ रहेको बताएका छन् । उनले थप लेखेका छन्, ‘नाजायज काम गरेकाहरू मात्र हुन्, विचारसँग डराउने । यदि कोही तपाईँसामु रास्वपा सकियो भनेर खुसी भइरहेको छ भने खुसी हुन पर्दैन भन्नुहोला । पार्टी अब बन्दै छ, आफ्ना गल्तीहरू सुरुदेखि सुधार गरेर ।’

तपाईको प्रतिक्रिया