काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय लिएको हो ।
अख्तियारको टोली अहिले विशेष अदालत पुगिसकेको छ । आन्तरिक राजश्व विभागका लागि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।
२०७९ असोज ४ गते आन्तरिक राजश्व विभागका लागि ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर छाप्ने सम्झौता भएको थियो । त्यसअघि प्रतिथान २५ पैसामा छाप्ने भए पनि उक्त स्टिकर ७५ पैसाका दरले छाप्न लगाएर भ्रष्टाचार गरेको आरोप छ ।