Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा फरार रहेका गोरखा मिडियाका सञ्चालक जिबी राईको ठेगाना पत्ता लागेकोबारे उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै शर्माले गृहमन्त्रीको रूपमा संवेदनशील विषयमा गोपनीयता नराखेको भन्दै आलोचना गरे।

“एउटा देशको फरार अभियुक्त कहाँ छ भनेर खोजिरहेको बेला अर्को देशको गृहमन्त्रीले ‘हामीले ठेगाना पत्ता लगाइसक्यौँ’ भन्छन्। सामाजिक सञ्जाल चलाउन उनलाई पनि आउँछ। सामाजिक सञ्जालमा नेपालको गृहमन्त्रीसँग कुरा भएको भनेर लेख्छन् तर गोपनीयता खोल्दैनन्। तर हाम्रो गृहमन्त्रीले गोप्य सूचनालाई मिडियामा सार्वजनिक गरिदिन्छन्,” शर्माले भने।

शर्माले गृहमन्त्रीले जिबी राईको ठेगाना पत्ता लागेको भन्ने अभिव्यक्तिको पछाडि अन्य केही उद्देश्य हुनसक्ने आशंका पनि व्यक्त गरे। “सहकारी ठगीमा फरार भएको साथीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने गृहमन्त्रीज्यूले गिरफ्तार गर्नुपर्ने हो। त्यसैले ठेगाना पत्ता लाग्यो भनेर सार्वजनिक गर्नुको अर्थ के हो?” शर्माले प्रश्न गरे। “यो अभियुक्त पक्रने नयाँ शैली हो? केटाकेटीपन हो कि भगाउने नियत हो?” उनले थपे।

कांग्रेस महामन्त्री समेत रहेका शर्माले देशलाई जिबीको ठेगाना होइन, जिबी राई नै आवश्यक भएको बताए।

तपाईको प्रतिक्रिया