Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई योगाभ्यासका लागि प्राकृतिक रूपले उत्कृष्ट स्थल भएको बताउनुभएको छ। विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाल योग अध्ययनका लागि प्रमुख गन्तव्य बन्न सक्ने आशा व्यक्त गर्नुभयो।

प्रधानमन्त्री दाहालले योग शारीरिक मात्र नभई वैज्ञानिक जीवनशैली अपनाउने विधि भएको र यसले व्यक्तिलाई शारीरिक, मानसिक, र आध्यात्मिक रूपमा बलियो बनाउन मद्दत गर्ने बताउनुभयो। नियमित योगाभ्यासले स्वास्थ्य सुदृढ हुनुका साथै तनावमुक्त भएर कार्यक्षमता, रोग प्रतिरोधात्मक क्षमता, सकारात्मक सोच, अनुशासन र आन्तरिक ऊर्जा बढाउने उहाँले उल्लेख गर्नुभयो।

नेपाल योग पर्यटनका लागि सम्भावनायुक्त देश भएको र योगको विश्वव्यापीकरणमा जोड दिनुपर्ने बताउँदै, प्रधानमन्त्री दाहालले योगका अभियन्ता र गुरूहरूलाई योजनाबद्ध पहल गर्न अपिल गर्नुभयो। साथै, उहाँले प्रस्तावित योगमाया आयुर्वेद विश्वविद्यालयलाई भविष्यमा विश्वस्तरीय बनाउने विश्वास व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया