समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दलको सदस्यता नविकरण गरेकी पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतको सेवा सूविधा लिन मिल्छ वा मिल्दैन भनेर प्रश्न गरेका छन्। बुधबारको संसद बैठकको सून्य समयमा बोल्दै सांसद खतिवडाले यस्तो प्रश्न गरेका हुन्।
उनले भण्डारीको नाम नलिइकनै भने,‘पूर्व राष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्यता नविकरण गरेको समाचार सुन्नमा आयो। पार्टीको सदस्यता नविकरण गरेको हो भने पूर्व राष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन राज्यले त्यो बारे के सोचेको छ। सरकारले त्यसको जवाफ दिओस् संविधानमा के छ त्यो सरकारले जवाफ दिओस् भनेर म माग गर्न चाहन्छु।’