Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – स्वतन्त्र सांसद डा. अमरेश सिंहले कवाडी व्यवसायीहरूलाई फोहोर काठमाडौं महानगरपालिका कार्यालय र मेयर बालेन्द्र शाहको घरअगाडि थुपार्न आग्रह गरेका छन्।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद सिंहले व्यवसायीहरूले फोहोर थुपारे आफूले समर्थन गर्ने बताए। उनले भने, “कवाडीलाई भन्न चाहन्छु, सबै फोहोर महानगर र बालेन शाहको घरअगाडि लगेर थुपार्नुस्, त्यसमा हाम्रो समर्थन छ। उहाँले सिकाउनुभएको हो। ‘टिट फर ट्याट’ हुन्छ। उहाँले सडक विभागअगाडि फोहोर थुपार्नुभएको हो।”

सिंहले संसदमा कवाडीलाई नहटाउन अदालतले अन्तरिम आदेश दिएको र समाजमा रंगभेद र जातीय भेदभाव कायम रहेको बताए। उनले प्रश्न गरे, “एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहोरा प्रहार गर्ने, तर मधेशका जनतालाई देख्नै नहुने किन भयो?” सिंहले प्रदर्शनमा घाइतेहरूको निशुल्क उपचार हुनुपर्ने माग पनि गरे।

मंगलबार कवाडी व्यवसायीहरूले काठमाडौं महानगरको मुख्यालय घेराउ गर्दा मुठभेड भएको थियो।

तपाईको प्रतिक्रिया