समाचार सुन्नुहोस :
काठमाडौँ – ६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धानमा प्रहरीले अहिलेसम्म २० जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले भारतबाट थप दुई जनालाई पक्राउ गरेपछि यो संख्या २० पुगेको हो।
पछिल्लो पटक पक्राउ परेका व्यक्तिहरूमा भक्तपुरका मनोज श्रेष्ठ र रूपक भण्डारी रहेका छन्। सीआईबीका एक अधिकारीका अनुसार उनीहरूको सुन रिफाइन पसल सञ्चालन गर्ने भारतीय नागरिक अविजित तानाजिमुलीसँग सम्बन्ध देखिएको छ। ब्युरोले हङकङबाट ब्रेक सुमा भएको सुन तस्करीको लगातार अनुसन्धान गरिरहेको छ।