समाचार सुन्नुहोस :
काठमाडौँ – आज पनि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दै छ। यस बैठकमा विनियोजन विधेयक २०८१ का विभिन्न शीर्षकहरूमा छलफल जारी रहनेछ।
आजको बैठकको कार्यसूचीमा युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमा छलफल हुनेछ। साथै, सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम पनि रहेको छ।
सांसद पुष्पबहादुर शाह, प्रेम सुवाल, डा. अमरेशकुमार सिंह, र ध्रुवबहादुर प्रधानले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको खर्च कटौती प्रस्ताव गर्नेछन्।