समाचार सुन्नुहोस :
काठमाडौँ – आज सातवटै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछन्। चालु आर्थिक वर्षमा सात प्रदेशले तीन खर्ब बराबरको बजेट ल्याएका थिए। बागमती प्रदेशले ६२ अर्ब ७० करोड, मधेस प्रदेशले ४४ अर्ब ११ करोड, कोशी प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख, र सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट ल्याएका थिए।
संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा प्रदेशका लागि ६० अर्ब वित्तीय समानीकरण अनुदान, २५ अर्ब ८४ करोड सशर्त अनुदान, र ६ अर्ब २० करोड पूर्वाधार अनुदान उपलब्ध गराउने भएको छ। संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते, र स्थानीय तहले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ।
आज बागमती प्रदेश सरकारले ६० अर्ब बराबरको बजेट प्रस्तुत गर्नेछ। आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाका अनुसार आगामी बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता दिनेछ।