Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १९, २०८१
Monday, November 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – कुवेतमा आगलागीमा परेर ज्यान गुमाएका ४५ भारतीय नागरिकको शव हिजो एयर इण्डियाको उडानद्वारा केरलको कोची शहरमा ल्याइयो। भारतका सङ्घ र राज्य सरकारहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन्। कुवेतको माङ्गफ शहरमा बुधवार भएको आगलागीमा ५० जनाको मृत्यु भएको थियो, जसमा ४५ भारतीय र ३ फिलिपिन्सका नागरिक थिए, भने दुई जनाको पहिचान हुन बाँकी छ।

यसैबीच, भारतको उत्तराखण्डमा वन्यजन्तु आरक्षणमा आगो निभाउने क्रममा ४ वन अधिकारीको मृत्यु भएको छ र ४ जना घाइते भएका छन्। आगलागी उत्तराखण्डको अल्मोडा जिल्लाको बिनसर वन्यजन्तु आरक्षणमा भएको हो, जुन देहरादुनबाट लगभग ३७० किलोमिटर पूर्वमा पर्छ। आगलागीको मुख्य कारण गर्मी र सुख्खा मौसमलाई मानिएको छ।

तपाईको प्रतिक्रिया