Deneme Bonusu Veren Siteler
सोमबार, कार्तिक १९, २०८१
Monday, November 4, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ मा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनाको छ्यारछ्यारे माथिको ढाँडखर्कमा अडिट नं २ सुरुङको काम पुनः सुरु भएको छ। गैरआवासीय नेपालीको लगानीमा सुरु भएको यो आयोजनाको सुरुङ खन्ने काम पाँच महिनासम्म रोकिएको थियो।

आयोजनाका प्रमुख गोपाल रेग्मीका अनुसार, माघमा ठेकेदार बेपत्ता भएपछि काम रोकिएको थियो। अब आयोजनाले कामदार खोजेर पुनः सुरुङ खन्ने काम सुरु गरेको छ। एक किलोमिटर लम्बाइको पहिलो अडिटको काम सकिएको छ। अहिलेसम्म जम्मा २ हजार ९ सय मिटर सुरुङ खन्नुपर्नेमा १ हजार मिटर मात्र खनिएको छ।

यो आयोजनामा ३० प्रतिशत प्रबर्द्धक र सर्वसाधारणको सेयर लगानी रहेको छ। न्यू लगानी वित्तीय संस्थाबाट ऋण लगानी हुने छ। आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा जोड्न १३२ केभी क्षमताको प्रसारण लाइन र सवस्टेशन निर्माण भइरहेको छ, जसका लागि भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो।

 

 

तपाईको प्रतिक्रिया