समाचार सुन्नुहोस :
काठमाडौँ – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजा क्षेत्रमा युद्धविरामको प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव अमेरिकाले पेश गरेको इजरायल-गाजा युद्धविराम योजना थियो, जुन अब स्वीकृत भएको छ।
सुरक्षा परिषद्का १५ सदस्य राष्ट्रमध्ये १४ राष्ट्रले अमेरिकाद्वारा प्रस्तुत यो प्रस्तावको पक्षमा मतदान गरेका थिए। यस क्रममा रुस अनुपस्थित रहेको थियो। इजरायलले गाजा क्षेत्रमा आठ महिनादेखि आक्रमण जारी राखेको छ, जसले गर्दा यहाँ मानवीय संकट उत्पन्न भएको छ।
गाजा क्षेत्रमा इजरायल र प्यालेस्टिनीबीचको यस युद्धले हालसम्म ३७ हजार ८४ जनाको ज्यान लिएको छ, हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको थियो। नुसिरात शरणार्थी शिविरमा शनिबार मात्र इजरायली आक्रमणले कम्तिमा २७४ जनाको ज्यान गएको थियो।