Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौं – एमाले नेता महेश बस्नेतविरूद्ध उजुरी दिएर चर्चामा आएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुने खालका अभिव्यक्ति दिएको उजुरीका आधारमा पक्राउ गरिएको ब्युरोले जनाएको छ । धादिङको ज्वालामुखी गाउँपालिका-७ घर भएकी उनको वास्तविक नाम जानुका पाठक रहेको प्रहरीको भनाइ छ । उनी शोभा नामले चिनिन्छिन् ।

उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिएको छ । प्रहरीका अनुसार, ३१ वर्षीया शोभाले आर्थिक लाभका निम्ति विभिन्न व्यक्तिसँग सम्बन्ध जोड्ने र ब्याल्कमेल गर्ने गरेको उजुरीमा उल्लेख छ ।

उनले महेश बस्नेतविरूद्ध यौन शोषण र बलपूर्वक भ्रुणहत्याको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । तर, प्रहरी र सरकारी वकिलले बस्नेतविरुद्ध मुद्दा चल्न सक्ने आधार नदेखिएको भन्दै फाइल तामेलीमा राख्ने निर्णय गरेका थिए ।

तपाईको प्रतिक्रिया