समाचार सुन्नुहोस :
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली प्रस्थान गरेका छन्।
प्रधानमन्त्री दाहालसँगै स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी पनि प्रतिनिधिमण्डलमा समावेश छन्। मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन गएका प्रधानमन्त्री प्रचण्डलाई विदाई गर्न सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ, रघुवीर महासेठलगायतका मन्त्री र उच्च पदस्थ कर्मचारी विमानस्थलमा पुगेका थिए।
प्रधानमन्त्री मोदीले आज साँझ तेस्रो कार्यकालका लागि शपथ लिने कार्यक्रम रहेको छ। शपथ ग्रहण समारोहपछि प्रधानमन्त्री दाहाल र मोदीबीच साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपालको राजदूतावास, नयाँदिल्लीले जनाएको छ। प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किने तालिका रहेको छ।