Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जापानमा जन्मदर घटेर नयाँ रेकर्ड न्यूनतम बिन्दुमा पुगेको छ। सरकारले युवा पुस्तालाई विवाह गर्न र परिवार बसाल्न प्रोत्साहित गर्ने विभिन्न उपायहरू अपनाइरहेको भए पनि, जन्मदर निरन्तर घट्दै गएको छ। गत वर्ष जापानमा ७ लाख २७ हजार २७७ शिशु जन्मिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

यससँगै प्रजनन दर अघिल्लो वर्षको १ दशमलव २६ बाट घटेर समीक्षा अवधिमा १ दशमलव २ मा पुगेको छ। जनसंख्या स्थिर राख्न प्रजनन दर २ दशमलव १ हुनुपर्छ। यो भन्दा धेरै भएमा जनसंख्या बढ्छ भने थोरै भएमा घट्न थाल्छ। सन् १९७३ को विश्वव्यापी तेल संकटले जापानसहित धेरै अर्थतन्त्रहरू मन्दीमा पारेको थियो। त्यसपछि जापानमा प्रजनन दरमा सुधार देखिएको छैन। आधा शताब्दीदेखि जापानको प्रजनन दर २ दशमलव १ भन्दा तल नै छ।

हालैका वर्षहरूमा प्रजनन दर घट्ने क्रम झनै तीव्र बनेको छ। हरेक वर्ष जन्मिएका भन्दा मृत्यु हुनेहरूको संख्या धेरै हुँदा, कूल जनसंख्या घटिरहेको छ। सन् २०२३ मा जापानमा १५ लाख ७० हजार मानिसको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ, जुन सो वर्ष जन्मिएका शिशुको संख्याको झन्डै दोब्बर थियो। दुःखको कुरा, जापानमा विवाह गर्नेको संख्या घटिरहेको छ भने सम्बन्ध विच्छेद गर्नेको संख्या बढ्दो छ।

 

तपाईको प्रतिक्रिया