समाचार सुन्नुहोस :
काठमाडौँ – जिल्ला अदालत धनुषाले प्रहरी हिरासतमा रहेका कैलाश सिरोहियालाई पुनः तीन दिनको म्याद थप गरेको छ। नागरिकता सम्बन्धी कसुरमा हिरासतमा रहेका सिरोहिया पक्षका अधिवक्ताहरुको बहस सकेपछि जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले दोस्रो पटक तीन दिनको म्याद थप गरेको हो।
इजलासमा सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गर्दै मुद्दामा सहयोग गर्नेगरी सिरोहियालाई साधारण तारिखमा छाड्न अपिल गरेका थिए। नागरिकता सम्बन्धी कसुरमा प्रहरीले सिरोहियालाई गत मंगलबार पक्राउ गरेको थियो।