Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथोपटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले जेठको ७ गते आफूले चौथोपटक विश्वासको मत लिन लागेको बताए । उनले जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गरे । उनले विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न आग्रह गरे ।

उनले भने, ‘७ गते फेरि एकपटक विश्वासको मत लिने भनेर संसद सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथोपटक लिनु परेको हुनाले यो पाँचौँ, छैटाँैपटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जतिपटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

प्रधानमन्त्री प्रचण्डले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतवार बिहानसम्म सहज रुपबाट संसद सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए । उनले आफूले संसदको अवरुद्ध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए । उनले संसद सहज रुपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रुपमा अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्ततु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताए । उनले नीति तथा कार्यक्रममा आएका सुझावलाई समेटर बजेट र नीति तथा कार्यक्रमको तादात्म्यता मिलाइ ल्याउने गरी तयारी भइरहेको बताए ।

 

तपाईको प्रतिक्रिया