समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारले घरेलु मदिरालाई ब्रान्डिङ गर्ने घोषणा गरेको छ । गुणस्तर सुनिश्चित हुने गरी सरकारले घरेलु मदिरा ब्रान्डिङ गर्ने र विश्व बजारमा निर्यात गर्ने नीति लिएको घोषणा सरकारको नीति कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बताएका हुन् ।
सरकारले ब्रान्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति लिएको उनको भनाइ छ । यसको लागि सरकारले ब्रान्डिङ र निर्यातको लागि विशेष कार्यक्रम ल्याउने भएको छ । हाल सरकारले घरेलु मदिरालाई वैधानिकता दिएको छैन।